तरकारीमा हुने बिचौलीयाको अन्त्य गर्न सकिन्छः मन्त्री बराल

पोखरा, भदौं ४ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले तरकारीमा हुने बिचौलीयाको अन्त्य सहकारी मोडलबाट गर्न सकिने बताउनु भएको छ । पोखरा ३३ मा रहेको एग्रो टुरिजम सहकारीको शनिबार एक समारोहका बिच कार्यालय तथा वित्तिय कारोवारको शुभारम्भ गर्दैै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।

ऋण, उत्पादन र उपभोक्ता गरी तीन थरीका सहकारीहरुको सहकार्यमा पूंजि परिचालन गरी बस्तु उत्पादन गरी उपभोक्ता सहकारी मार्फत उपभोक्ताहरुको घरसम्म बस्तु पुग्न सके कुनै पनि बस्तुको मुल्य कम मुल्यमा आम उपभोक्ताहरुले प्राप्त गर्ने मन्त्री बरालको भनाई थियो । आयात प्रतिस्थापन गरी उत्पादनमा जोड दिन कृषि पर्यटनलाई पहिलो प्रथामिकता दिनुपर्ने उहाँकोे भनाई थियो । हाम्रो समाजमा अझै पनि सामन्तवाद रहेको मन्त्री बरालको भनाई थियो । देशमा राजनीतिक स्थायित्व भएमा मात्र आर्थिक उन्नती हुने हुने मन्त्री बरालले बताउनु भयो ।

 

एमालेका युवा नेता रश्मि आचार्यले कृषि पर्यटन जोडेर मात्र ग्रामिण क्षेत्रको विकास हुने बताउनु भयो । सहकारीका सल्लाहकार अजय थापाले विकासको आर्थिक उन्नतीको मोडल विश्वमा सहकारी मोडलहरु भएको बताउनु भयो । सहकारीका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गुप्तेश्वर गुफा व्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेल, पोखरा ३३ का वडा सदस्य विनोद भण्डारी, पोखरा कृषि पर्यटन सहकारीका श्रीकान्त आचार्य, बागमारा बचत तथा ऋण सहकारी संस्थाका तुल्सीमणि अधिकारी, भरतपोखरी साना किसानका रामजी प्रसाद अधिकारी, दिगो शान्ति महिला सहकारी संस्थाकी रमादेवि आचार्य लगातले वोल्नु भएको थियो ।

 

उक्त अवसरमा स्थानिय किसान टेक बहादुर थापालाई सम्मान गरिएको हो । संस्थामा हाल २ सय ४१ जना शेयर सदस्य रहेको बताउदै अध्यक्ष बरालले संस्थामा हाल ६ करोड ९० लाखको पुंजि भएको जनाउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...