पोखरा, भदौ ४ गते ।पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र कपडालाई प्रतिष्ठाको विषय बनाउन नहुनेमा जोड दिनुभएको छ ।
आरकेडी उद्यमशिल महिला क्लबले पोखरामा आयोजना गरेको हरितालिका (तिज) विशेष कार्यक्रममा बोल्दै उहाँले महिलाहरु ब्यवसायी, शिक्षा र नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर अगाडी बढनुपर्नेमा जोड दिदै भन्नुभयो,‘अव गहना र कपडा लगाउने प्रतिस्पर्धामा लागे महिला शसक्तिकरण र नेतृत्वमा स्थापित हुन सक्दैनौ ।त्यसैले पुरुषसंग प्रतिस्पर्धा गर्नसक्ने गरी सक्षम हुनुपर्छ ।’
उहाँले अव महिला आर्यआर्जनसंग जोडिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिलालाई सचेत र उद्यमी बनाउन पोखरा महानगरले उपप्रमुखसग महिला कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । अव महिलाहरु चुलोचौकोमा सिमित हुन नहुने बताउदै उद्यमशीलतासंग जोडिनुपर्ने बताउनुभयो । कार्यक्रम आरकेडी उद्यमशिल महिला क्लबका अध्यक्ष रीता पौडेलको अध्यक्षतामा भएको थियो ।