पोखरा, भदौ ५ गते ।पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ्गले चाडपर्वहरु मनाउदाँ संस्कृतिको जगर्ने हुने बताउनुभएको छ । उहाँले चाडपर्वहरुले एकआपसमा सद्भाव कायम हुने बताउदै मौलिक रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तिज पर्वले दाजुभाई दिबिहिनीहरुसंगै पारिवारिक सम्वन्धलाई प्रगाढ बनाउन भुमिका खेल्ने बताउनुभयो ।

अर्घाखाँची स्थाई घरभई गण्डकी प्रदेशको राजधानी पोखरालाई कर्मथलोको रुपमा विभिन्न पेशा व्यवसाय र अध्यानको सिलशिलामा वसोवास गर्ने अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा आयोजना गरेको दर खाने तथा रमाईलो तिज कार्यक्रममा बोल्दै नीति र विधि भित्र रहेर समाजको भबन निर्माणमा सहयोग गर्ने बताउनुभयो । अर्घाखाँचीबासी महिला दिदी वहीनीहरु लगायत सम्पूर्णलाई पोखरा महानगरपालिको ढोका सधै खुल्ला रहेको समेत बताउनुभयो ।
समाजका निवर्तमान अध्यक्ष लिला जिसीले अर्घाखाँची पोखरा सम्पर्क समाज विगत लामो समय देखि पोखरामा स्थापित भइ विभिन्न सामाजिक कार्य गर्दै आएको तर समाजको एउटा भवन नहुँदा विभिन्न आफ्नै कार्यक्रम गर्दा समेत असजिलो भएका कारण भवन निर्माणमा पोखरा महानगरपालिको समेत सहयोग आवश्यकता भएको बताउनु भएको थियो ।समाजका पूर्वअध्यक्ष कृष्ण प्रसाद पाण्डेले समाजको बारेमा प्रकाश पार्नु भएको थियो, कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अतिथि तथा मान्यजनहरुलाई समाजका उपाध्यक्ष तथा उपसमिति संयोजले स्वागत गर्नु भएको थियो ।
समाजका अध्यक्ष चेतनारायण पाण्डेले उपप्रमुखलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसि लागेको अर्घाखाँची पोखरा सम्पर्क समाज एउटा पारिवारीक संस्था भए पनि एउटा बिशुद्ध सामाजिक संस्था रहेको यस संस्थामा आवद्ध महिला दिदी वहीनीहरुलाई महानगरपालिकाले दिन मिल्ने महिला उद्धमशिलताको लागि, महिला सशक्तिकरणको लागी, नेतृत्व बिकास सम्बन्धि विभिन्न तालिमको सहयोगको लागी उपप्रमुखको ध्यान आर्कषण गर्नु भएको थियो ।
कार्यक्रम संयोजक गोमा आचार्यले शिक्षित महिलाको संख्यामा वृद्धि भएसँगै सासूले बुहारीप्रति गर्ने व्यवहार पनि फरक हुँदै गएको छ । समयअनुसार परिवर्तन हुनु स्वाभाविक भए पनि महिलाहरूले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय अलि बढी भड्किलो पनि बन्दै गएको हो कि भन्ने आभास भएको छ तर यस तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा चौतारीका रुपमा निर्माण गरौं भन्ने उदेश्यले कार्यक्रम संचालन गरेको बताउनु भयो ।