उत्पीडित जातिय मुक्ति समाज गण्डकीकाे अध्यक्षमा दियाली

पाेखरा, भदौ ५ गते ।नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीको शनिबार भएको प्रथम सम्मेलनले निर्मल दियाली सुनारको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ ।

सम्मेलनबाट प्रदेश कमिटी उपाध्यक्षमा नवलपुरका होमबहादुर विक र तनहुँकी डिना गोतामे, सचिवमा कास्कीका बमबहादुर विक र कोषाध्यक्षमा कास्कीकै कमला सुनार छन् । त्यस्तै उपसचिवमा पर्वतका बाबुराम सुनार र बागलुङकी रुपा विक छन् ।

कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले सबै जाति, लिंग, क्षेत्रलाई समेटेर देशको समृद्धि एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताइन् । उनले जनवर्गीय संगठनहरु पार्टीका पूर्वाधार भएको बताउँदै पूर्वाधार बलिया बनाइराख्न कार्यकर्तालाई निर्देशन दिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...