एमालेको अभाव खड्किएको छ :केन्द्रीय सदस्य गुरुङ

पोखरा,भदौ ९ गते ।नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले देशमा एमालेको सरकारको नेतृत्वको अभाव खड्किएको बताउनु भएको छ । नेकपा एमाले वडा नम्वर ८ ले आयोजना गरेको चुनावी समिक्षा, हरितालिका तीजको शुभकामना अदान प्रदान कार्यक्रमा बोल्दै उहाँले एमाले नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाएपछि बनेको पाँच दलिय गठबन्धन सरकारले गरेको महंगीका कारण एमालेको अभाव खड्किएको दावी गर्नुभयो ।

‘गठबन्धन सरकारको अराजकताको कारण सरकारप्रति जनाको वितृष्णा बढेको छ ।’ उहाँले सरकारले नागरिकता विधेयक जवरजस्ती ससदबाट पारित गरेर देशलाई फिजिकण गर्न खोजेको आरोप लगाउदै राष्ट्र र राष्ट्रियताको पक्षामा एमालेका नेता कार्यकता उभिनुपर्ने बताउनुभयो । उहाँले बर्तमान सरकारले ल्याएको नागरिकता विधेकप्रति सवै सचेत हुनुपर्ने बताउदै अव हुने संघ र प्रदेश निर्वाचनमा यसलाई जनताको वीचमा लैजानुपर्नेमा जोड दिनुभयो । मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उम्मेद्वारलाई विजयी गराउने गरी नेता, कार्यकताहरु लाग्नुपर्ने बताउदै उहाँले भन्नुभयो,‘अवको अर्जुनदृष्टि मंसिर चारको निर्वाचन हो । हाम्रा उम्मेदवार जिताउन सबै लागौ ।’

 

उहाँले विगतका गल्ती कमजोरी सच्याएर जानुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा वडा कमिटिले पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडासदस्यहरु गोविन्द बराल, हिराकाजी श्रेष्ठ, पवित्रा केसी र लक्ष्मी बिकलाई सम्मान गरेको थियो । एमाले वडा अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला गिरीले स्वागत र सचिव दिपक घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...