पोखरा, भदौ १४ गते । पोखरामा उद्योगी व्यावसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वकालागि रस्सकस्सी चलिरहेको छ । चुनावमा होमिनलागि अध्यक्षका २ आकांक्षीले प्यानल नै बनाएर घरदैलो अभियान सुरु गरिसकेका छन । दुवै जना छुट्टाछुट्टै टोली बोकेर फरक फरक स्थानमा उद्योगी व्यावसायीको समस्या र सुझाव सुन्दै हिडेका छन् ।

अध्यक्षका प्रत्यसीहरु हुन्, वर्तमान बरिष्ठ उपाध्यक्ष पवन प्रजापति र हालका बाणिज्य उपाध्यक्ष अर्जुन पोखरेल । यिनीहरु दुवै अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट चुनाव लडेका थिए । जहाँ पवन प्रजापति सर्वसम्मत वरिष्ठ उपाध्यक्ष भएकाहुन् भने अर्जुनले चुनाव लडेरै निर्वाचित भएका हुन् ।
आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा पनि सर्वसम्मतको तयारी भईरहेको थियो । तर विविध कारणले सर्वसम्मतको च्याप्टर समाप्त भएको दुवैको भनाई छ । समस्या एकातिर भएपनि निर्वाचनमा होमिएर एक जना बाहिरिने निधोमा पुगेका छन् दुवै जना ।
स्वाभाविक पनि निर्वाचनमा जितेकोले नेतृत्व गर्छ भने हारेको बाहिरिने नै हो । यसका लागि दुवै नेतृत्व लिन र बाहिनिर तयार छन् । दुवै जनाले केही नयाँ अनुुहारलाई टिममा समेट्दै प्यानल बनाएर चुनावी दौडमा निस्किएका छन् । सोहीक्रममा प्रजापतिको प्यानल पोखरा १७ पुग्यो । सो वडा अर्का प्रत्यासी पोखरेलको बसोबास भएको वडा हो ।
आफ्नो वडामा प्रजापतिको प्यानल घरदैलोकालागि आउने थाहा पाएपछि अर्जुन बिहानै हातमा खादालिएर बसे । आफ्ना प्रतिपर्धीलाई भेट्ने बित्तिक्कै हातमा भएका खादा प्रजापतिको गलामा लगाईदिए र जितको शुभकामना दिदैं फोटो खिच्चे । अनि फेसबुकमा पोष्ट्उँदै लेखिहाले, ‘आदरणिय दाई पवन प्रजापती र वाहाँको टिमलाई मेरो बसाई रहेको वडा १७ मा स्वागत र शुभकामना दिदै ।मेरो सोच ः ‘संस्कार, सम्मानसँगै मित्रवत प्रतिष्पर्धा’
विविधकारण सर्वसम्मत हुननसकेको बताउने पोखरेल पोखरा उद्योग वाणिज्य संघको अहिलेको चुनावलाई मित्रवत प्रतिष्पर्धा भन्न रुचाउँछन् । ‘हामीदाजुभाइमा कुनै तिक्तता छैन्,’ उनले भने, ‘केहीकुरा नमिलेको मात्र हो । यो अधिवेशनलाई मैले मित्रवत प्रतिष्पर्धाको रुपमालिएको छु ।’
पोखरेलको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावीप्रचारमा लागिरहेका छन् ।