जनताको साथमा काँग्रेस अभियान वडाबाट सुरु

पोखरा, भदौ २१ गते । नेपाली काँग्रेसले शुरु गरेको प्रथम चरणको कार्यक्रम अन्र्तगत जनताको साथमा काँग्रेस अभियान लाई कास्की काँग्रेसले वडा इकाई केन्द्रित गरेको छ । कास्कीका ७२ वडा इकाईहरुमा केन्द्रित गरी एकै साथ अभियान शुरु गरिएको छ । वडा इकाईहरुमा मंगलवार छुट्टाछुट्टै कार्यक्रम गरी वडास्तरमा अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रमहरुमा जिल्ला, क्षेत्र, प्रदेश सभा, महानगर पालिका र गाउँ पालिकाका प्रतिनिधीहरु पुगेर अभियानको उद्देश्य वारे जानकारी दिएकोे जिल्ला सभापति किशोरदत्त वरालले वताउनु भयो । अभियान प्रभावकारी ढंगले अगाडी वढ्दैछ सभापति वरालले भन्नुभयो, यो अभियान जनताको आवश्यकता, भावना र चाहना अनुसार बनाउँनेछौ ।

 

अभियान अन्र्तगत लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, जनताको चाहना सुन्ने, भावना वुझ्ने, काँग्रेस नेतृत्वमा भएका राजनैतिक र आर्थिक उपलब्धि र काँग्रेसले लिएका अडान वारे प्रचार प्रसार गर्ने, गठवन्धनको आवश्यकता वारे मतदातालाई सुसूचित वनाईने छ ।

 

अभियानमा भाद्र २२ गते, प्रत्येक वडाहरुमा मतदाता सम्वाद, भाद्र २३ गते गठवन्धनका दलहरु विच चियापान तथा छलफल र भाद्र २४ गते, वी.पी.जयन्तीको अवसरमा कास्कीका ६ वटै प्रदेश सभामा एकैसाथ “प्रजातान्त्रिक समाजवाद र यसको सान्दर्भिकता” विषयक प्रवचन कार्यक्रम तय गरिएको नेपाली काँग्रेस, कास्कीका सहसचिव नविन सिग्देलले जानकारी दिनुभयो ।

 

भाद्र २४ गते नै अभियान को पहिलो चरणको कार्यक्रम समापन हुनेछ । प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारी मनोनयन दर्ता पछि अभियानको दोस्रो चरण र प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन पछि तेस्रो चरणको कार्यक्रमहरु शुरु हुनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...