पोखरा, भदौ २४ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा सबल र सक्षम नभएसम्म समाजमा स्थापित हुन कठिन हुने बताउनुभएको छ । पोखरा महानगरमा सञ्चालित उपप्रमुखसंग महिला कार्यक्रम बारे नवनिर्वाचत महिला जनप्रतिनिधिसंगको अन्तर्रक्रियामा बोल्दै उहाँले महिलाहरु आर्थिक रुपमा अरुसंग निर्भर हुनेहुदाँ समाजमा पछाडी परेको बताउदै स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो ।
‘महिलाहरुले आर्यआर्जनको लागि ब्यवसायीक बन्नुपर्छ । आर्थिक रुपमा सबल र सक्षम हुुनुपर्छ भन्ने योजना सहित कार्यक्रम ल्याएका हौँ ।’ उहाँले महिलाहरु आर्थिक रुपमा सवल र सक्षम नहुदाँ सम्म हिंसा मुक्त समाज बन्न नसक्ने भन्दै पोखरा महानगरले उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेको बताउनुभयो । उहाँका अनुसार २०७५ सालदेखि कार्यक्रम सञ्चालन हुदै आएको छ ।

२०७४ सालमा निर्वाचित भएसंगै कार्यक्रम ल्याएको भएपनि कार्यविधि निर्माणमा ढिलाई हुदाँ संचालन हुन नसकेको र ७५ सालमा कार्यविधि बनाएर निरन्तर कार्यक्रम सञ्चालन भैरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७५÷७६ का लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो भने त्यसपछि पनि कार्यक्रमका लागि बार्षिक २ करोड विनियोजन हुदै आएको छ । महिलाहरुको क्षमता अभिबृद्धि गराउदै आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशिलताको विकास गराउने उद्देश्यले कार्यक्रम ल्याएको उहाँको भनाई छ । लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने कार्यक्रमले उद्देश्य लिएको छ । कार्यक्रमले महिलाहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउने विश्वास छ ।
‘पोखरा महानगरपालिकालाई महिला मैत्री महानगरपालिकाको रुपमा स्थापित गराउन महिला हिंसालाई न्यूनिकरण गर्नुपर्छ र त्यसका लागि महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुर्नुपर्ने तथा महिला आफै सक्षम नहुदाँसम्म हिंसाबाट मुक्त हुन सक्दैन भन्ने कुरालाई ध्यानमा राखेर उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरिएको हो ।’ कार्यक्रमले पोखरा महानगरपालिका भित्र भएका महिलाहरुको क्षमता अभिबृद्धि गरेर उद्यमशिलताको विकास गर्दै सुरक्षाको प्रत्याभुति, भेदभाव उन्मुलन आदि कार्यहरु गराउन “उप –प्रमुखसँग महिला कार्यक्रम संचालन कार्यविधि बनाइएको छ । ”
उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत कृषि, व्यवसायीक र घरेलु उद्यमसिलता, रोजगार मुलक, सिप विकास, निर्माण तथा क्षमता अभिबृद्धि सम्वन्धि कार्यक्रमलाई प्राथमिता दिइएको छ । त्यस्तै स्थानीय महिला समूहहरुको सक्रियतामा स्थानीय स्तरका कृषि जन्य उत्पादनको बजारीकरण तथा व्यवस्थापन सम्वन्धी कार्यक्रमहरु गर्ने छ । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा नौ सदस्यीय संचालक समिति गठन भएको छ । समितिमा कार्यपालिकाका पाँचजना सदस्य, उद्यमशिलता र सीप विकासका क्षेत्रमा काम गरेका दुई जना महिला र पोखरा महानगर महिला विकास अधिकृत सदस्यसचिव रहने ब्यवस्था छ ।
समितिले महिला सशक्तीकरण तथा सीप विकासको क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग समन्वय गरी कार्यक्रमहरु संचालन समेत गर्ने छ । उक्त कार्यक्रमका लागि वडा स्तरबाट माग भई आएका कार्यक्रमको संचालक समितिले आवश्यकता र औचित्यताका आधारमा कार्यक्रम अगाडी बढाउन स्वीकृति दिन सक्नेछ । संचालक समितिले आवश्यक महिला उद्यमशिलताका लागि अनुदान तथा ऋण सहायता समेत उपलब्ध गराउन सक्ने उपप्रमुख गुरुङले बताउनुभयो ।
कार्यक्रम संचालन गर्दा विपन्न, अति विपन्न, एकल, हिंसा पिडित, अपाङ्गता भएका, दलित आदिवासी जनजाति र सिमान्तकृत महिलालाई प्राथमिकता दिइने छ । उक्त कार्यक्रमका लागि आवश्यक बजेट महानगर नगर सभाले ब्यवस्था गर्ने छ । उक्त कार्यक्रम वडाका महिला जनप्रतिधिहरुको समन्वयमा वडाबाट गरिएको सिफारिसका आधारमा कार्यक्रम प्रदान गरिने छ । आफनो वडाको आवश्यकताका आधारमा कार्यक्रम माग गर्न महानगरका ३३ बटै वडाका महिला जनप्रतिनिधिलाई उपप्रमुख गुरुङले अनुरोध गर्नुभएको छ ।
कार्यक्रम संचालनका लागि वडाभित्र रहेका महिला जनप्रतिनिधि, सामाजिक क्षेत्रमा क्रियाशिल संघसस्थाका प्रतिनिधिहरुलाई उपप्रमुखसंग महिला कार्यक्रमका बारेमा जानकारी, त्यसले गर्ने काम, गठन प्रक्रिया, संचालक समितिका बारेमा उपप्रमुख गुरुङले जानकारी गराउदै कार्यक्रमका लागि आआफनो वडामा छलफल गरेर महिलाहरुलाई सिप सिकाएर आर्यआर्जन गराउन सक्ने कार्यक्रमका प्रस्तावहरु महानगरमा पेश गर्न अनुरोध समेत गर्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा लगायतले बोल्नुभएको थियो भने सदस्यसचिव विष्णुमाया पौडेलले सामािजक महाशाखामा महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रका कार्यक्रम बारे जानकारी गराउनुभएको थियो ।