रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा एमाले र कांग्रेसका छुट्टाछुट्टै क्याम्पस प्रमुख

रुपन्देही । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल क्याम्पसलाई राजनीतिक दलले आफ्नो शक्ति प्रदर्शन गर्ने क्षेत्र बनाएको छ । राजनीतिक होडकै कारण यहाँ दुई जना क्याम्पस प्रमुख बनेका छन् । दलीय प्रभावमा परेर एमालेबाट विष्णुप्रसाद अर्याल र कांग्रेसबाट जोगलाल गिरी अहिले प्रमुख बनेका छन् । दुवैले आफू क्याम्पस प्रमुख भएको दाबी गरेपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयले विवाद बढेको छ ।

निवर्तमान क्याम्पस प्रमुखले आफ्नो पदावधि सकिनुअघि क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद अर्याललाई कार्यबाहकको जिम्मेबारी दिएका थिए । उक्त जिम्मेवारीमा असहमति जनाउँदै त्यसको भोलिपल्ट क्याम्पसका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पोख्रेलले जगलाल गिरीलाई कार्यबाहक क्याम्पस प्रमुखको जिम्मेवारी दिएका थिए ।

एउटा क्याम्पसमा २ जना प्रमुख नियुक्त भएपछि प्रशासनिक काम कसरी गर्ने भन्ने अन्योल भएको कर्मचारीको गुनासो छ ।
विवाद बढ्दै गएपछि निवर्तमान क्यापस प्रमुख यदुलाल पन्तले आफ्नो ४ वर्षे कार्यकाल सकिने अन्तिम दिनसम्म पनि व्यवस्थापन समितिले नयाँ क्याम्पस प्रमुख चयन गर्न नसकेपछि पद रिक्त नहोस् भन्ने उद्देश्यले आफूले उपप्राध्यापक अर्याललाई कार्यबाहक दिएको बताए । उनले आफूले गरेको नियुक्ति उपयुक्त विधि रहेको जनाए ।

नयाँ क्याम्पस प्रमुखको दौडमा पनि नरहेका, क्याम्पसको क्युएए फोकल पर्सनको रुपमा क्याम्पसको समग्र विकासमा योगदान गरेका, क्याम्पसको प्रशासनिक काममा समेत दख्खल राख्ने भएकाले अर्याललाई कार्यबाहक दिएको पन्तको दाबी छ । विद्यार्थी भर्नाको समय भएकाले पनि क्याम्पस शून्यको अवस्था नहोस् भन्ने उद्देश्यले आफूले कार्यबाहक नियुक्त गरेको तर व्यवस्थापन समितिले गलत बुझेको उनको भनाइ छ ।

पन्तले विधिविधान र सञ्चालक समितिको विगतको अभ्यासका आधारमा स्वविवेकीय अधिकार प्रयोग गरी आफूले गरेको निर्णयमा अनावश्यक विरोध गर्दै प्राज्ञिक जगतको मानमर्दन गर्नेगरी यो घटना हुनु दुभाग्यपूर्ण भएको बताएका छन् ।

व्यस्थापन समितिले भने आन्तरिक सल्लाहमै गिरीलाई नियुक्ति दिइएको दाबी गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...