पोखरा, असोज २२ गते । नेकपा एमालेले कास्कीका प्रतिनिधि सभाका तीन र प्रदेश प्रदेश सभाका छ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । कास्कीका तीन प्रतिनिधि सभा मध्य दुई क्षेत्रमा एमालेले नयाँलाई उम्मेदवार बनाएको छ ।कास्की १ प्रतिनिधि सभा सदस्यका लागि मनबहादुर गुरुङलाई टिकट दिएको छ ।
एमाले कास्कीका अध्यक्ष एवं निर्वतमान गण्डकी प्रदेश सभा सदस्य गुरुङलाई प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ । कास्की क्षेत्र नम्वर १ मा एमाले संगठन विभाग प्रमुख एवं निर्वतमान प्रतिनिधि सभा सदस्य खगराज अधिकारीको चर्चा चलेपनि उनी प्रदेश सभा सदस्यको उम्मेदवार बन्न चाहेका थिए । उनी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने योजना सहित प्रदेश सभामा उम्मेदवार बनेका छन् । क्षेन नम्वर १ (क) प्रदेश सभा प्रदेश सभाको टिकट अधिकारीले पाएका छन् भने प्रदेश सभा १(ख) मा श्याम बहादुर गुरुङलाई उम्मेदवार बनाइएको छ । यता कास्की क्षेत्र नम्वर २ मा पूर्न प्रतिनिधि सभामा बिद्या भट्टराईलाई टिकट दिइएको छ । एमालेले कास्की २ मा भटराईलाई दोहोर्याएकोछ । कास्की प्रदेश सभा २ (क) मा भीम कार्की र (ख) मा मिना गुरुङलाई उम्मेदवार बनाएको छ ।
कास्की प्रतिनिधि सभा ३ मा दामोदर बैरागीलाई एमालेले टिकट दिएको छ । एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री जगत विश्वकर्मालाई टिकट नदिई बैरागीलाई टिकट दिएको हो । कास्कीको राजनीतिमा पुरानो अनुहार भएपनि संसदीय क्षेत्रमा उनी नयाँ अनुहार हुन । उनले प्रदेश सभा ३ को (क) मा आफनो आकांक्षा प्रस्तुत गरेका थिए । तर पार्टीले उनलाई प्रतिनिधि सभाकै टिकट दिएको छ । कास्कीमा जगत विश्वकर्माप्रति धेरै गुनासो रहेका कारण पार्टीले बैरागीलाई टिकट दिएको हो ।
विश्वकर्मा २०७४ सालमा प्रनितिनिधि सभामा निर्वाचित भएर युवा तथा खेलकुदमन्त्री समेत भएका थिए । तर उनले मन्त्री हुदाँ आफनो ब्यत्तिगत स्वार्थमा मात्रै काम गरेको आरोप लागेको थियो भने स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको आरोप समेत लागेको छ । उनले गत स्थानीय निर्वाचनमा टिकट बाडने क्रममा समेत गुट गरेको आरोप समेत छ ।कास्की क्षेत्र नम्वर प्रदेश सभा ३ (क) मा गणेशमान गुरुङलाई टिकट दिएको छ भने प्रदेश सभा (ख) मा राजिब पहारीलाई उम्मेदवार बनाएको छ । पहारी निर्वतमान प्रदेश सासद हुन ।उनले २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए ।