एमालेका मुख्यमन्त्रीका उम्मेदवार खगराजले दर्ता गरे मनोनयन

पाेखरा, गण्डकी प्रदेशकाे भावी मुख्यमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । कास्की क्षेत्र नम्बर १ ‘क’ मा चुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी छन् भने समर्थकमा कालिदास सुवेदी छन् ।

अधिकारी गण्डकी प्रदेश सभामा एमालेकाे तर्फबाट प्रस्तावित मुख्यमन्त्री हुन् । यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएपछि उनी मुख्यमन्त्रीको दाबेदारी सहित प्रदेश झरेका हुन् ।

पूर्व स्वास्थ्यमन्त्री एवं गृहमन्त्री भैसकेका अधिकारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा टिकट दिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...