पोखरा महानगरका जनप्रतिनिधिको आँखा जाँच, २ अर्व ४६ करोडमा आँखाको समस्या

पोखरा, असोज २७ गते । “आँखालाई माया गरौ” भन्ने नारा सहित पोखरामा विवश्व दृष्टि दिवस मनाइएको छ । दिवसको अवसरमा हिमालयन आँखा अस्पतालको आयोजनामा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुको आँखा जाँच तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरियो ।कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आँखालाई माया गर्नुपर्नेमा जोड दिनुभयो । मानिसको महत्वपूर्ण अंगका रुपमा रहेकको आँखालाई समय समयमा जाँच गराउनुपर्नेमा जोड दिनुभयो ।

हामी विरामी हुदाँ मात्रै जाँच गर्ने तर अरुबेला चासो राख्दैनौ उहाँले भन्नुभयो‘ ६ महिना वा एक वर्षमा आँखाको जाँच गर्नुपर्छ । यसले गर्दा आँखाको सुरक्षा हुन्छ ।’ उहाँले हिमालयन आँखा अस्पतालले धेरै राम्रो काम गरेको बताउनुभयो । आँखाको उपचारमा धेरै राम्रो गदै आएको छ उहाँले भन्नुभयो,‘अझै दक्ष जनशक्ति उत्पादन गरेर लैजानसके राम्रो हुन्छ । त्यसको लागि महानगरले सक्दो सहयोग गर्न तयार छ ।’ पोखरालाई शैक्षिक हब बनाउने योजना सहित अगाडी बढेको बताउदै बाहिरबाट अध्ययन गर्ना पोखरा आउने बातावरण बनाउनसके यहाँका विद्यार्थी बाहिर जाने अवस्थाको अन्त्य गर्नुपर्छ भन्नुभयो । ‘यहाँका विद्यार्थीहरु अध्ययन गर्न बाहिर जादाँ ठूलो धनराशी पनि बाहिरिने भएकाले पोखरामै गुणस्तरीय शिक्षा दिएर शिक्षाको हवका रुपमा विकास गर्नुपर्छ ।’

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले विश्वमा ३ करोड बढि मानिसहरु दृष्टि विहिन रहेको बताउदै ती मध्य ९० प्रतिशत न्यूनआर्य भएका ब्यत्तिहरु रहेको बताउनुभयो ।तथ्यांक हेर्दा आर्थिक पाटो पनि आँखासंग जोडिएको उहाँको भनाई छ । दुई अर्व ४६ करोडमा आँखाको समस्या रहेको बताउनुभयो । हालको विश्व जनसंख्याको ३२ प्रतिशत हुने उहाँको भनाई छ । आँखा जतन र माया गर्नुपर्नेमा उहाँले जोड दिुनभयो । उहाँले सुरक्षित खानाले आँखाको सुरक्षा गर्न सकिने बताउनुभयो । आँखा सर्वोस्व संसार भएको बताउदै यसलाई जोगाउनुपर्ने र त्यसका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो ।

 

कार्यक्रमा हिमालयन आँखा अस्पतालका निर्देशक इलिया श्रेष्ठले आँखाको हेरचाह र रक्षाका गर्नुपर्ने बताउदै त्यसका लागि जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले आँखालाई चोटपटकबाट जोगाउन जनुपायो त्यही औषधीको प्रयोग गर्न नहुने, समयसमयमा आँखाको जाँच गराउनुपर्ने बताउनुभयो । कार्यक्रमा नेपाल नेत्र ज्योति संघका अध्यक्ष कृष्णबहादुर गुरुङले नेपास सरकारको सहकार्यमा आँखा उपचारमा काम गर्दै आएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...