महिला भलिवलमा सोमबारदेखि क्वाटरफाइनल खेल हुने

म्याग्दी, असोज ३० गते ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा क्वाटरफाईनल समीकरण पूरा भएको छ । लिग चरणको खेल अन्तर्गत आइतवार वागमतीले मधेश प्रदेशलाई सोझो सेटमा पराजित ग¥यो । वागमतीले मधेशलाई २५–६, २५–८ र २५–७ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो ।

त्यसैगरी नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ४–१ को सेटमा पराजित ग¥यो । आर्मीले एपीएफलाई २५–२०, १९–२५, २५–२१ र २५–२३ कासेटमा हराउँदै जित दर्ता ग¥यो ।

एउटै समूहका एपीएफले समूह बिजेता र आर्मीले उपबिजेता बन्दै क्वाटरफाइनलको यात्रा तय गरे । आइतवार भएको खेलमा एपीएफकी निरुता ठगुन्ना र वागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भए ।लिगकम नकआउटका आधारमा भएको वेष्ट अफ फाइभको खेलमा पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका छन् ।

सोमबारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, वागमती र सुदुरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीले सहभागिता जनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...