महिला फुटबलमा गण्डकीलाई पराजित गगदै एपिएफ विजयी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । सोमबार भएको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।खेलको २ आँै मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडीको यात्रा तय गराएकी थिईन् । लगत्तै खेलको ६ औँ मिनेटमा अनिता केसीले दोस्रो गोल गरिन् ।


खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन । खेलको दोस्रो हाफको ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले चौथो गोल गरिन भने ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन् ।यस्तै सोमबार वालिङमा भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।खेलको ५ औँ मिनेटमा प्रदेश १ की अनिता गुरुङले पहिलो गोल गरिन भने २२ औँ मिनेटमा प्रतिक्षा राईले दोस्रो गोल गरिन ।

 

खेलको दोस्रो हाफको ८४ औँ मिनेटमा तिर्था कुमारी लिम्बुले तेस्रो गोल गरिन भने लगत्तै ८५ औँ मिनेटमा अन्जना थुलुराईले चौथो गोल गरिन ।खेलको ८७ औँ मिनेटमा ममता राउतले पाँचौ गोल गरिन भने एडिसनल समयमा थप गरिएको ३ मिनेटमा पुनः अन्जना थुलुङरार्ईले छैटौँ गोल गरिन् ।हाल सम्म मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बीनी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेलबाट बाहिरिएका छन् ।मंगलबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर एक, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...