पुलिस महिला फुटबलको सेमिफाइनलमा प्रवेश

कार्तिक १ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला फुटबलमा विभागिय टोली पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।नेपाल पुलिस क्लब प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले पराजित गर्र्दै फाइनलमा प्रवेश गरेको हो ।


खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन । खेलको १९ औँ मिनेटमा निर्मला वि.कले दोस्रो गोल गर्दे पुलिसको लागि गोल संख्या दोब्बर बनाएकी थिइन ।

 

खेलको ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गरिन । मंगलबारको दोस्रो खेलमा एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल बुधबार बिहान हुने तालिका रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...