गण्डकीमा एमालेका प्रतिवद्धता : गरीव परिचयपत्र,रासन कार्ड र प्रत्येक परिवारलाई रोजगारी

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आइतबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्रमा एमालेले अल्पसंख्यक, दलित र घरवारविहिन सबै गरीव परिवारलाईआवासको व्यवस्था गरी गरीव घरपरिवारको जीवनस्तर उकास्न रोजगारीका लागि सीप प्रदान गर्ने जनाएको छ। । स्थानीयतहमा रहेका गरीवीका रेखामुनिका घरपरिवारलाई गरीव परिचयपत्र उपलब्ध गराइने, ,रासन कार्ड व्यबस्था एवं प्रत्येक परिवारलाई रोजगारी प्रदान गरिने प्रतिवद्धता गरेको छ । एमालेले गरीवी हटाउन सहयोग पुग्नेकार्यक्रम ल्याइने बताएको छ ।

 

प्रतिवद्धता पत्रमा नेकपा एमाले गण्डकीले प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दूरी घटाउन सकिने खण्डमा छोटा दूरीका सुरुङ मार्ग निर्माण गरिने जनाएको छ । यस्तै कोराला र त्रिवेणी नाकालाई व्यवस्थित बनाउन ती नाकामा सहरीकरण गर्न एमाले सरकार बनेमा जोड दिइने प्रतिवद्धता उल्लेख छ ।

 

स्वास्थ्यतर्फ प्रदेशमा ५ सय शैय्याको गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल र मुटु, मृगौला, क्यान्सर उपचारका लागि ५०–५० शैय्याको विशिष्टिकृत अस्पताल बनाउने एमालेको घोषणा छ । नेपाल प्रहरीको प्रादेशिक अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न अस्पताल बनाइने पनि प्रतिवद्धता एमाले गण्डकीले लिएको छ ।

 

प्राथमिक स्वास्थय केन्द्र तथा प्रादेशिक अस्पतालहरुमा एक–एक हजार डाक्टर, नर्स र जनस्वास्थ्य अधिकृत खटाएर नागरिकलाई निसशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिइने प्रतिवद्धता पत्रमा उल्लेख छ ।शिक्षातर्फ गण्डकी विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान मार्फत सार्वजनिक विद्यालयमा कक्षा ९ बाट सीप विकास तालिम र करियर काउन्सिलिङ व्यवस्था गरिने पनि एमालेको दाबी छ ।

 

यस्तै प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ । प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...