जनताका आशालाई पुरा गर्ने पार्टी एमाले

पोखरा,१५ कार्तिक ।नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताएका छन् ।

रूपा गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरूङले एमाले जनताको पार्टी भएको बताए ।एमाले कास्कीका अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य रहेको स्पष्ट पारे ।

 

कास्की क्षेत्र नम्वर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार खगराज अधिकारीले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दाबी गरे ।अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेको यस क्षेत्रमा अहिले उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...