मौका पाए विकास गरेर देखाउछु :योगराज पौडेल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका विभिन्न वडामा निर्वाचन प्रचार प्रसारको कार्याक्रम सम्पन्न भएको छ ।
कास्की क्षेत्र न ३ का उम्मेदवार योगराज पौडेलले पार्टीको भिजन र योजनाको विषयमा जनताको घर घरमा सुनाएका थिए । उनले पुराना राजनिति दलबाट विकासको खाका नकोरीएको कारण नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको जानकारी दिए ।

पुराना पार्टीका नेताले जसरी झुक्याउन मात्र नभइ देशको विकासको लागि नै आफुहरु आएको बताए । घर दैलोको क्रममा स्थानियले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अवदेशको विकास हुने आस पलाएको बताएका थिए । साथै कतिपय घरमा उम्मेदवालाई स्वागत गरिएको थियो ।

 

यस अघि नै पौडेलले प्रचार प्रसारलाई तिव्रता दिदै ल्वाङ, घलेल र रिभान अन्नपुर्ण गाउँपालिका ३ र माछापुच्छ«े गाउँपालिका ३ को विभिन्न ठाउँका जनताको घरमा गएर जनताको समस्या सुन्दै समाधानको उपाय र योजना सुनाएका थिए । उनले जनताको चाहाना र भावना अनुसार काम गर्ने भन्दै आफ्नो पक्षमा जनता रहेको धारणा राखे ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले विकास पुर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा रोजगार, खेलकुद लगायतको विषयमा काम गर्ने योजना रहेको छ । केही दिन अघि देखी तिव्र रुपमा रुपमा अघि बढाइएको छ । साथै उनले आफ्नो जित्ने आधार बढ्दै गएको बनाउदै चुनाबमा जताले असल र खराब नेता चिन्ने र चिनाउने मौका रहेको दावी गरेका छन् ।मौका पाएपछी आफुले कास्की क्षेत्रको विकासलाई उच्च स्थानमा पु¥याउने योजना रहेको सुनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...