मिडियाको भुमिका महत्वपूर्ण : उपप्रमुख गुरुङ, रेडियो गोर्खालीको अध्यक्षमा श्री प्रसाद चयन

 रेडियो गोर्खालीको अध्यक्षमा सुवेदार मेजर श्री प्रसाद गुरुङ सर्वसहमत रुपमा चयन हुनुभएको छ । शुक्रबार  भएको १३ औं वार्षिक साधारण सभा तथा ५औं अधिवेशनबाट सुवेदार मेजर गुरुङको अध्यक्षतामा ११ कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा हित मान गुरुङ, सचिवमा चन्द्रावती गुरुङ, सह–सचिवमा अरुणा आले मगर, कोषाध्यक्षमा सुवेदार मेजेर देउ बहादुर गुरुङ, सह–कोषाध्यक्षमा सुवेदार इन्द्र बहादुर गुरुङ, चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा गि माया गुरुङ, खकी माया गुरुङ, डव्लुवटु, बल बहादुर गुरुङ, कृष्ण कुमारी गुरुङ र मन्जु गुरुङ रहनुभएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै, प्रमुख अतिथि पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जुदेवी गुरुङले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । साथै उपप्रमुख गुरुङले राष्ट्रको चौथो अंगको रुपमा रहेको मिडियाको महत्वपूर्ण भुमिका भएकाले मिडियाको ठूलो आवश्यकता भएको बताउनुभयोे । पछिल्लो समयमा धेरै मिडिया सञ्चालनमा आएकाले चुनौति र प्रतिष्पर्धा गर्नुपर्नेमा उपप्रमुख गुरुङले जोड दिनुभयो । चुनौतिलाई चिर्दै र प्रतिष्पर्धा गर्दै जाने हो भने, सफलता हात पार्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा रेडियो गोर्खालीका पूर्व अध्यक्ष तथा सल्लाहकार, डव्लुवटु भुपाल कुवर, स्याङजा परिवार दक्षिण कोरियाका पूर्व अध्यक्ष ओम गुरुङ लगयातले दिर्घकालिन सोचका साथ अघि वढुनुपर्ने बारे बोल्नुभएको थियो ।

 

कार्यक्रममा अध्यक्षको प्रनिवेदन अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले प्रतुत् गर्नुभएको थियो भने, वार्षीक प्रतिवेदन सचिव सुवेदार मेजर श्रीप्रसाद गुरुङ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुवेदार मेजर देउवहादुर गुरुङले प्रस्तुत् गर्नुभएको थियो । उक्त अवसरमा समाज सेवी लक्ष्मीदेवी गुरुङ, स्याङजा परिवार दक्षिण कोरियाका पूर्व अध्यक्ष ओम गुरुङ र मिलन फाउण्डेशन नेपालका पूर्व अध्यक्ष गंगा गुरुङलाई खादा, दोसल्ला, फेटा र प्रमाणपत्रले सम्मान गरिएको थियो । गोर्खाली रेडियोका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन भुपालसिंह गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर खिमा गुरुङले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...