मर्दी पदयात्रा व्यवस्थित गर्ने बराल र भण्डारीको बाचा

पोखरा, २१ कात्तिक/कास्कीको मर्दी हिमाल पदयात्रा विश्वमानै प्रख्यात छ । मर्दीमा केही वर्षदेखी यता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण छ । तर मर्दी पदयात्रा व्यवस्थित हुन सकेको छैन ।

पदयात्रामा टेलिफोन, खानेपानी, विद्युत लगायतका समस्या छन् । होटलहरु खुल्ने क्रम बढेपनि व्यवस्थित छैनन् । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ सिदिङका प्रज्वल क्षेत्रीले वर्षेनी हजारौँ पर्यटक आउने मर्दी पदयात्रालाई व्यवस्थित गर्नेतर्फ ध्यान नपुगेको बताउनुभयो ।

 

सिदिङमा चुनावी अभियानमा आइतबार पुग्नुभएका सोही क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार रामजी बराल र प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीलाई उहाँले मर्दी क्षेत्रका गुनासा सुनाउनुभयो।

उहाँले भन्नुभयो ‘मर्दी पदयात्रामा समस्या नै समस्या छन् । केन्द्रीय विद्युत अझै पुगेको छैन, एक्याप लगायतबाट समस्या भएको छ । सरकारले व्यवस्थित गर्दै पर्यटकलाई सुविधा दिनु पर्दछ ।’

स्थानीयका गुनासा सुनेपछि उम्मेदवार बरालले मर्दीका समस्या समाधानमा आफूले सघाउने बाचा गर्नुभयो । दुई पालिकाको सीमा विवाद, पर्यटकीय पूर्वाधार निर्माण लगायतमा आफूले ध्यान दिने बरालले प्रतिवद्धता जनाउनुभयो ।

बरालले भन्नुभयो, ‘यस क्षेत्रका जनताको समृद्धिको मुख्य आधारनै पर्यटन हो । मर्दी हिमाल, माछापुच्छ्रे मोडल ट्रेक लगायतका पर्यटकीय पदयात्रालाई व्यवस्थित विकास गर्न मेरो ध्यान पुगेकै छ । केही थालनी पनि भएका छन्, यसलाई विकास गर्न हामी सम्पूर्ण रुपले लाग्छौँ ।’

प्रदेशका उम्मेदवार दुर्गादत्त भण्डारीले प्रकृतिले दिएको अनुपम उपहारको व्यवस्थित र दिगो विकास गरी धनी बन्न सकिने भएकाले मर्दी पदयात्रालाई सहज र व्यवस्थित बनाउन प्रदेशसभामा आफूले आवाज उठाउने बताउनुभयो ।

उहाँले मर्दीमा जति धेरै पर्यटक भित्राउन सकिन्छ, त्यतिनै समृद्धि हासिल हुने बताउनुभयो। भण्डारीले ल्वाङ, घलेल, कालीमाटी, सिदिङ लगायतका क्षेत्रहरुलाई मर्दी र माछापुच्छ«े पदयात्रासँग जोडेर विकास गर्ने आफ्नो योजना रहेको सुनाउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...