युवालाई देशमै रोजगारीः भण्डारी

पोखरा, कास्की क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्य उमेरद्धार विजय बहादुर भण्डारीले युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्था गर्ने बताएका छन् ।
रोजगारका लागि हरेक घरका युवा विदेशिदा घर शुन्य भएको र बाल्यकालमा अनाथको जिवन जसरी विताएको पिडा आफुले पनि भोगेको सुनाउँदै भण्डारीले देशमै रोजगार तथा व्यवसाय संचानलको नीति लिएर आउने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका भण्डारीले आफ्नो वडामा मतदातासँग भेटघाट गर्दै उक्त कुरा बताएका हुन् । ‘मलाई निकै रुन मन लाग्छ । यो देशको हालत देखेर । आज एउटा धनी व्यक्ति विदेश घुम्न गयो भनेपनि कामदारको लाइनमा बस्नुपर्छ । हामी बेचिएका छौँ’ उनले भने,‘मेरो पनि २० वर्ष आमाबाबा विहिन भएर वितिसक्यो । त्यतिन्जेल मलाई अनाथ भएको महसुस भयो । आज देशमा विदेशीनेको संख्या बढ्दा साना जति अनाथ बुढोसकाल लागेका जति वेसाहारा भएका छन् ।’ यस्तो अवस्था अहिलेको व्यवस्थाले आएको बताउँदै उनले आफ्नो उम्मेदवारी युवालाई स्वरोजगार बनाउने रहेको स्पष्ट पारे ।

 

चुनावी घरदैलो अभियानमा वडाबासीहरुले अहिलेसम्म दिएको मत खेर गएको भन्दै भण्डारीलाई जिताउने आस्वासन दिए । स्थानीयहरुले आजसम्म जतिपनि जितेर गए उनीहरुले यस ठाउँको कुनै विकासका कामहरु नगरेको गुनासो पोखे । भण्डारीको उमेरद्धारीले वडामा ठुलो आशा र भरोशा जागेको स्थानीयहरुले बताएका छन् ।

 

वडाबासीहरुसँग मत माग्दै भण्डारीले विजयी भएमा जनताका प्रत्यक्ष आवश्यक पर्ने समस्याहरुलाई पहिलो प्राथमिकमा राखेर काम गर्ने व्यवस्था मिलाउने बताए । ‘जसरी मत माग्न तपाईहरुको घरदैलोमा आएको छु, त्यसरीनै विजयी भएपछि पनि तपाईहरुको समस्या र पिर ब्यथा बुझन घर घरमा आउनेछु’ उनले भने ।

 

 

चुनावी घरदैलो अभियानमा जेष्ठ नागरीकहरुले बृद्ध अबस्थामा भोग्नु परेका समस्याका बारेमा सुनाए । उनीहरुले आफुहरुको हकहितको निम्ति अन्य पार्टीले ध्यान नदिएको बताए । बृद्ध अबस्थामा घरबाट हेला भई बृद्धा आश्रममा बस्नु पर्ने जस्ता समस्याको समाधान गर्न तर्फ कसैको ध्यान नपुगेको बताउँदै भण्डारीले जेष्ठ नागरीकहरुको बारेमा नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

 

बिज्ञान र प्रविधिको समयमासमेत पुराना सोच र अन्धविश्वास चिन्तन भएका नेताबाट देशको विकास र स्वरुप परिर्वतन हुन नसकेको कारण भिजन भएका युवा वर्गको खाँचो रहेको बताए । ‘युवालाई अब देशको शासन सत्ता सुम्पिनु पर्दछ । अनिमात्र देश र जनताको भलाईका साथै हित हुने छ ।’ एक वृद्धले भने ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...