कास्की २ मा विद्या भट्टराईको पहिलो अग्रता

पोखरा । कास्की २ मा मतगणनाको दोस्रो दिन चलिरहँदा नेकपा एमालेकी विद्या भट्टराईले पहिलोपटक अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार विद्याले पाँच हजार ५८९ मत पाएकी छन् । यस्तै, सोमबारदेखि अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले भने हाल पाँच हजार १९३ मत ल्याउँदै पछि परेका छन् ।

यो नेकपा एमालेको राम्रो पकड भएको क्षेत्र हो । यसअघि पोखरा १५, ७ र १७ नम्बर वडाको मतगणना गरिएको थियो । पोखरा २१ बाट ५ हजार ७१ मत खसेको थियो । कास्की २ मा कुल ४९ हजार ९२० मत खसेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...