पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशसभामा खाता खोलेको छ । नेकपा एमालेबाट कास्की २ (१) का उम्मेदवार भीमबहादुर कार्कीले एमालेलाई प्रदेशसभामा एक सिट दिलाएका हुन् । कार्कीले चुनाव जित्ने क्रममा १० हजार ५ सय ३१ मत प्राप्त गरे ।
यसअघि मतगणना सुरु भएको एक दिनसम्म लगातार अग्रता लिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले पछि भने मत पाउन सकेनन् । उनले कुल ५ हजार ८ सय ९३ मत प्राप्त गरे ।यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले कुल ५ हजार ५ सय ४० मत पाए ।