पोखरा महानगरमा  मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु

पोखरा, पुस ७ गते ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु भएको छ ।तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मुद्धामार्मिलामा जान नपर्ने अवस्था आउन नदिने गरी स्थानीय तहमा विवाद समाधान गर्नसके नागरिकलाई सहज हुने बताउनुभयो ।

प्रमुख आचार्यले एउटा कुराले नमिलेको विवाद हुन्छ, त्यो विकराल बन्दै गएर मुद्धामार्मिलासम्म पुग्छ, त्यसको वास्तविकर्ता केलाएर मेलमिलापकर्ताका माध्यमबाट समाधान गर्नसके उत्तम हुन्छ भन्नुभयो । उहाँले मेलमिलापकर्ताको कानुनी व्यवस्था हो, त्यसैले मेलमिलापकर्ताले मध्यस्ताको भुमिका खेलेर विवाद समाधानमा भुमिका खेल्नुहुनेछ । वडा तहबाटै मुद्धामार्मिलामा जाननपर्ने अवस्था आउने गरी विवादको समाधान गर्नु उहाँले मलमिलापकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले पोखरा महानगरपालिकाको न्यायिक समिति अघिल्लो पाँच वर्षमा उत्कृष्ट बनेको चर्चा गर्दै आगामी दिनमा पनि न्याय सम्पादनमा उत्कृष्ट बन्ने विश्वास ब्यक्त गर्नुभयो ।  उहाँले नेपालका स्थानीय तहमा दिइएको अधिकार विशिष्ट खालको भएको उल्लेख गर्नुभयो । “स्थानीय तह आफैमा सरकार हो । स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायिपालिका गरी तीनै अधिकार प्राप्त छ । यो अधिकार विशिष्ट छ ।” उहाँले संसारका कमै देशमा यस्तो प्रकारको अभ्यास रहेको बताउद्ै स्थानीय सरकार बलियो नभएसम्म देशको अनुशासन व्यवस्थालाई सुदृढ बनाउन नसकिने समेत बताउनुभयो ।

 

जिल्ला अदालत कास्कीमा प्रमुख भै कार्य गर्दै आउनु भएका न्यायधिस रमेशप्रसाद खरेलले विवाद समाधानको उत्तम बिकल्प मेलमिलाप भएको बताउनुभयो । विवाद समाधनको प्रभावकारी विकल्पको रुपमा मेलमिलापलाई स्थानीय तहमा स्थापित गरिएको भएको छ उहाँले भन्नुभयो,‘राजनीतिक रुपमा धेरै उपलब्धी प्राप्त भए तर महत्वपूर्ण उपलब्धिको रुपमा न्यायिक समिति गठन हो ।’

 

उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले मेलमिलापकर्ताले विवाद समाधानका लागि निश्चित मापदण्ड पालना गर्नुपर्नेमा जोड दिदै विवाद समाधान गर्ने अधिकार स्थानीय तहलाई दिएको छ, त्यसैले न्यायिक समितिले मेलमिलापकर्ता उत्पादन र विवाद समाधानलाई सुदृढ गर्ने काम भएको बताउनुभयो ।

 

पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले स्थानीय तहबाटै विवाद उत्पन्न हुने भएकाले वडाबाटै यसको समाधान गर्ने उद्देश्यले न्यायिक समिति गठन भएको बताउनुभयो। उहाँले नागरिकले आफैले निर्वाचित गरेको जनप्रतिनिधिसंग आफना समस्या राख्न सजिलो हुने भएकाले न्यायिक समितिको कल्पना गरिएको बताउनुभयो ।

 

कार्यक्रममा पोखरा महानगरका प्रवत्ता मोतिप्रसाद तिमिल्सेना, काँग्रेसका तर्फबाट महानगरका दलका नेता दिवसमान प्रधानांग, नेकपा एमालेका दलका नेता शाधिका शाही योगी, महानगर न्यायिक समितिसदस्यद्धय कालिदास पोखरेल, भावना श्रेष्ठ लगायतले न्यायिक समितिको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रम महानगर न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले गर्नुभएको थियो ।

 

आठ दिनसम्म सञ्चालन हुने तालिममा पोखरा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको छ ।वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको हो । तालिम पुस १४ गतेसम्म सञ्चालन हुने न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...