पोखरा, पुस ७ गते ।पोखरा महानगरपालिका वडा नं. ८ को आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वयमा २ दिने नेतृत्व तथा क्षमता विकास तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै वडाका अध्यक्ष रुद्रनाथ बरालले महिलाहरुले नेतृत्व गरिरहेको संघसंस्थाहरुमा अझ व्यवस्थित तरिकाले व्यवस्थापन गर्नको लागि यो तालिमले सहयोग पु¥याउने बताउँदै महिलाहरुको आफू भित्र रहेको क्षमता प्रष्फुटन गराउन यस तालिमले सघाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशिक्षकमा जमुना वर्षा शर्मा र प्रशिक्षकमा वडा सचिव सविता ढुङ्गाना रहनु भएको तालिममा वडा नं. ८ भित्रका महिला समूह, टोल विकास संस्था, आमा समूहका ४५ जना महिलाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा कार्यक्रम संयोजक तथा वडा सदस्य पवित्रा पौडेल, वडा सदस्यहरु गोविन्द बराल र हिराकाजी श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य लक्ष्मी वि.क. र कार्यक्रमको संचालन वडा सचिव सविता ढुङ्गानाले गर्नुभएको थियो ।
दुईदिनसम्म संचालन हुने उक्त तालिमको समापन शुक्रबार हुनेछ ।