नेपाल गणित समाज गण्डकीको सभापतिमा डा. त्रिभुवन शर्मा

 पोखरा ।  पोखरामा सम्पन्न नेपाल गणित समाज गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट सभापतिमा डा। त्रिभुवन शर्मालाई सर्वसम्मत  निर्वाचित गरिएको छ।

एघार सदस्यीय कार्यसमितिको उपसभापतिमा प्राध्यापक राजेश ठकुराठी, सचिवमा विश्वराज अधिकारी, कोषाध्यक्षमा माधवप्रसाद पौडेल र सहसचिवमा मनबहादुर भुजेल निर्वाचित भएका छन् भने सदस्यहरूमा क्रमशः  पुरुषोत्तम पराजुली, भद्र राज त्रिपाठी, खरिका देवी पराजुली, ठाकुर प्रसाद पोखरेल, रमेश कुमार आचार्य र  मञ्जु सुवेदी चयन भएका छन्।

नेपाल गणित समाजका केन्द्रीय उपसभापति सहप्रा।डा। श्रीराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गणित विषयमा विद्यावारिधि गर्नुहुने द्वय सहप्रा।डा। ईश्वरमणि अधिकारी र डा। महेश्वर पराजुलीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गणित विषयको आवश्यकता र व्यावहारिकताको महत्व उल्लेख गर्दै वक्ताहरूले गणित विषयमा हुने असफलताको दरलाई घटाउँदै अध्ययाकर्ताको सङ्ख्या बढाउनुपर्ने कुरामा जोड दिएका थिए।

निवर्तमान अध्यक्ष प्रा। डा। कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भने प्राध्यापक राजेश ठगुराठीले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...