काठमाडौं ।नेकपा एमालको समर्थनमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री नियूक्त भएका छन् । उनी हिजो साँझ प्रधानमन्त्रीमा नियूक्त भएका हुन् । उनलाई एमाले, राष्टिय स्वतन्त्र पार्टी, राप्रपा लगायको पार्टीको समर्थनमा प्रधानमन्त्री नियूक्त गरिएको हो ।
प्रधामनमन्त्री प्रचण्डले आज पद तथा गोपनीयताको सपथ गर्दैछन् । उनलाई साँझ सपथ गराउने तयारी भैरहेको छ । उनीसंग तीन उपप्रधानमन्त्रीले समेत सपथ खाने भएका छन् । एमाले, माओबादी र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उपप्रधानमन्त्री बनाएर सपथ खुख्वाउने तयारी भएको छ । एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।
एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ भने, रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहेका छन् ।
माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय नटुंगिएको बताइएको छ भने मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनको जारी रहेको बताइएको छ ।