सदस्यसचिवकाे प्रकिया राेक्न उच्च अदालत पाेखराकाे आदेश

 पाेखरा, पुस १४ गते ।प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिबको नियुक्ति प्रक्रिया रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ ।

सदस्य सचिवको नियुक्ति प्रक्रिया रोक्न आभाष जंग शाहीले दर्ता गराएको मुद्धामा अदालतले बिहीबार  अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतका न्यायधिश ऋषी भण्डारीको एकल इजालशले मिति २०७९ पौष ६ गते सदस्य सचिव नियुक्तिका लागि प्रकाशित सूचनामा उल्लेख भए अनुसारको पदपुर्ती कार्य नर्गनु नगराउनु भन्दै यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका नाममा आदेश जारी गरेकाे हाे ।

अदालतले पौष २१ गते दुबै पक्षलाई पुनः छलफलका लागि बोलाएको छ भने १५ दिन भित्र लिखित जवाफ पेश गर्न मुख्य न्यायधिवक्ताको कार्यालयलाई समेत आदेश दिएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ताद्वय मदन प्रसाद तिवारी र सविन तिवारीले बहश गरेका थिए ।

यस अघि नेपाल खेलकुद महासंघ गण्डकीले मंगलबार नियुक्ति प्रकिया राेक्न माग गर्दै  यूवा तथा खेलकुद मन्त्रालयका सचिवलाई  ज्ञापन पत्र बुझाएको थियो । कामचलाउ रुपमा रहेकाे सरकारले नियुक्ति गर्न लागेकाे भन्दै खेलकुद महासंघले विराेध जनाएकाे हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...