गण्डकी प्रदेश सभाको बैठक आज

पोखरा, पुस १८ गते । गण्डकी प्रदेश सभाको प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश प्रमुख पृ्थ्वीमान गुरुंगको आह्वानमा प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सुरु हुन लागेको हो ।

प्रदेश सभाको पहिलो बैठक दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा सहित तीन दलको प्रनिधितित्व रहेको छ ।

 

यसैगरी, एक जना स्वतन्त्रबाट निर्वाचित प्रदेश सदस्यको समेत प्रतिनिधित्व रहेको छ । ६० सदस्यीय प्रदेश सभामा नेपाली काँग्रेसका २७, एमालेका २२, राप्रपाका दुई सांसद रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...