एपीएफलाई हराउँदै संकटा आहा राराकाे फाइनलमा

पाेखरा, पुस २० गते ।संकटा पाेखरा रंगशालामा जारी आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिताकाे  फाइनलमा प्रवेश गरेकाे छ । साविक विजेता एपीएफलाई  ४–१ ले पराजित गर्दै संकटा क्लब पोखरामा जारी २२ औं आहाराराकाे अन्तिम दुईमा स्थान पक्का गरेकाे हाे ।

संकटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरेका थिए भने एपीएफका लागि सान्त्वना गाेल हरि कार्कीले गरे ।

संकटा दाेश्राे पटक फाइनल प्रवेश गर्दा बिदेशी खेलाडी  मेसुके ओलामाउ र स्टेफनकाे  गाेल निर्णायक बनेपछि फाइनल यात्रा पक्का भयाे ।

संकटाले खेलको सुरुमै अग्रता लिएको थियो । खेल सुरु भएको ४ मिनेटमै संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

अर्का विदेशी खेलाडी मेसुके ओलामाउको पासको पासलाई रिसिभ गर्दै बललाई उनले ‘वन एन्ड वन’को स्थितिमा विपक्षी गोलपोस्टको जाली चुमाएका हुन् ।

खेलको ४२ औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन ।

खेलको ६० औं मिनेटमा पुनः स्टेफन बिनोङलेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रतामा पु¥याए ।

उनले टिमका डिफेन्स आन्द्रे बियिकले दिएको लामो पासलाई बिना गल्ती सुन्दर फिनिसिङ दिएका हुन् । जारी प्रतियोगितामा उनको यो तेस्रोे गोल हो । यसअघि विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दा उनले एक गोलको योगदान गरेका थिए ।

७३ औं मिनेटमा एपीएफका हरि कार्कीले एपीएफका लागि सान्त्वता गोल गरे । बिकु तामाङले डिबक्स क्षेत्रबाट दिएको छोटा पासलाई सहजै गोल गरे ।

तर, ८५ औं मिनेटमा संकटाकै मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई फराकिलो बनाए ।

उनले मैदानको मध्यभागबाट आन्ध्रे बियिकले दिएको पासलाई गोलमा परिणत गरेका हुन् । यसअघि उनले आर्मीसँगको खेलमा पनि एक गोल गरेका थिए ।

नयाँ खेलाडी अनुबन्ध गरेर पहिलो पटक प्रतियोगितामा होमिएको संकटाले साविक विजेता एपीएफलाई हराउँदै सहजै २२ औं आहारारा पोखरा गोल्डकपको फाइनल पुगेको छ ।

यसअघि ०७७ को सेमिफाइनलमा पनि एपीएफलाई संकटाले पराजित गरेको थियो । अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज र भुटनीज अमेरिका वीच हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...