गण्डकीमा सरकार गठनका लागि आह्वान, पुस २५ गतेसम्मको सीमा

पोखरा, पुस २१ गते । गण्डकी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुले पुस २५ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १४ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ ।

प्रदेश प्रमुख गुरुंले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद आर्यालले जनाएका छन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका ३ दलका ३२ सांसद रहेका छन् ।गण्डकीमा गठबन्धन दलका तर्फबाट नेकपा एमालेले मुख्यमन्त्रीमा दावी गरेको छ । एमालेका तर्फबाट स्थायी समिति सदस्य एंव संगठन विभाग प्रमुख खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा उम्मेदवार बनाएको थियो । उनले कास्की क्षेत्र नम्वर १ (१)बाट विजयी भएका थिए ।

 

एमालेसँग २२ र माओवादीसँग ८ सांसद रहेका छन् भने राप्रपासंग २ सांसद रहेका छन् ।एक जना स्वतन्त्र सांसद रहेका छन् । एमाले माओबादी गठबन्धनका स्पष्ट बहुमत पुग्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...