पहिलो हाफको अतिरिक्त समय(४५ प्लस ३ मिनेट)मा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे ।
खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड(रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित भएको थियो । खेलमा भुटनिजका रोजिन प्रजापति म्यान अफ दि म्याच भए ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधिको लागि संकटा र भुटनिज युथ स्पोर्टस क्लब बीच शनिबार प्रतिस्पर्धा हुने छ ।