पाेखरा, २४ पुस ।गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको हो ।
सम्झौताअनुसार माघ १८ देखि २१ सम्म तालिम चितवनका स्कुलका खेलकुद शिक्षक, क्लबका सदस्यलाई तालिम प्रदान गरिनेछ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट कार्यक्रमका कोडिनेटर डा मधु सुदन सुवेदी र पटिहानी फुटबल क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसएम) नेपालमा पहिलोपटक अध्ययन अध्यापन शुरु गरेको हो । कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउछन् ।
४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै उद्देश्यका साथ विश्वविद्यालयले यो विषयको शुरुआत गरेको हो ।
‘शिक्षासँगै खेलकुद भन्ने नाराका साथ पटिहानी फुटबल क्लबले मंसिरमा जिल्लाको ३२ सामुदायिक विद्यालयको सहभागितामा ‘पिएफसी इमर्जिङ कपको आयोजना गरेको थियो ।
स्थापनादेखि नै यस क्लबले फुटबलमा नयाँ खेलाडी उत्पादनको लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाका अनुसार सबै गरेर ३० जना यो प्रशिक्षणबाट लाम्वभित हुनेछन् ।