गण्डकी देशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त, सपथ आजै

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता अधिकारीलाई माओवादी केन्द्र,राप्रपा र नेकपा एसमा प्रवेश गरेका स्वतन्त्र सांसद दिपक मनाङेले समेत समर्थन जनाएका छन् ।

 

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...