काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता छ।
संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने भएका छन्। त्यसअघि पदाधिकारीले सहमति जुटाउन नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको थियो।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने भएपनि प्रतिपक्षमा बस्ने भएका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए।प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।