इच्छा विपरीत रंग दले कारबाही

पाेखरा, फागुन २१ गते ।होलीमा कसैको इच्छा विपरीत रंग दले कारवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। 

 

आइतबार एक सूचना जारी गर्दै  इच्छा विपरीत रंग दले कारवाही गर्ने चेतावनी दिएकाे हाे ।प्रशासनले फागु पूर्णिमा (होली पर्व)को शुभकामना दिँदै होली पर्व मनाउने क्रममा व्यक्तिको इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने तथा पानी छ्याप्ने, बाटो ढुकेर बढुवालाई रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गरी सार्वजनिक शान्ति व्यवस्थामा खलल पुर्‍याउने जस्ता कार्य नगर्न अनुरोध गरेको छ।

 

प्रशासनले कानून विपरीतका गतिविधिहरू गरेमा वा गराएको पाइएमा कडा कारवाही गर्ने चेतावनी  समेत दिएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...