पाेखरा ७ मा एमालेकाे ग्रास रुट अभियान

पाेखरा, फागुन २३ गते ।नेपाल कम्युनिस्ट पार्टी(एमाले) को मिसन ग्रासरुट अन्तर्गत नेकपा(एमाले) वडा कमिटी ७ को पुर्ण बैठक आज सम्पन्न भएको छ ।

बैठकमा बाेल्दै एमाले केन्द्रीय सदस्य  मायानाथ अधिकारीले निर्वाचनमा पार्टीको ब्यहोर्नु परेको परिणाम, पार्टीको बर्तमान अवस्था, पार्टीले भोग्नुपरेको घेराबन्दी र पार्टीको साङठनिक अबस्थाका एवं  अब पार्टीले अबलम्बन गर्नुपर्ने रणनीतिका बिषयमा आफ्ना भनाई राख्नु भएको थियाे  ।

 

कार्यक्रममा महानगर कमिटीका अध्यक्ष  दिलिप न्यौपाने, जिल्ला कमिटीका उपाध्यक्ष. तेजनारायण अधिकारी, प्रदेश कमिटीका सचिवालय सदस्य दिलिप बिक्रम शाही, केन्द्रिय सल्लाहकार टेकु नेपाली लगायतले बाेलेका थिए ।

 

एमाले वडा कमिटी ७ का अध्यक्ष किशोर बरालकाे अध्यक्षतामा भएकाे मिसन ग्रासरुट अन्तरगत वडा कमिटीले राखेको बैठकको संचालन पार्टी कमिटीका सचिव गणेश श्रेष्ठले गर्नु भएको थियो । पार्टी कमिटीका उपाध्यक्ष शारदा गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

मिसन ग्रासरुट अन्तर्गत वडा कमिटीले वडा कमिटीको सचिवालय बैठक राखी योजना बद्द तरिकाले कार्यक्रम तय गरेको र अर्को कार्यक्रम  चैत्र ११ गते शनिवारका दिन सबै पार्टी कमिटिका सदस्यहरुलाई एक दिवसिय अभिमुखिकरण कार्यक्रम आयाेजना गरिने  वडा कमिटी अध्यक्ष किशोर बरालले जानकारी दिनुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...