कास्की तेक्वान्दो संघको साधारण सभा, खेललाई अर्थ र पर्यटनसंग जोडनुपर्छ : उपाध्यक्ष गुरुङ

पोखरा, चैत १४ गते ।कास्की जिल्ला तेक्वान्दो संघको १३ औँ वार्षिक साधारण सभा मंगलबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले गरे । उनले कार्यक्रममा बोल्दै कास्की जिल्लामा तोक्वादो संघ नमुना र क्रियाशिल संघका रुपमा रहेको बताए । उनले राष्टिय र अन्र्तराष्टिय क्षेत्रमा तेक्वान्दो खेलले नेपाल र कास्की जिल्लाको शिर उच्च बनाएको बताए ।

उनले खेललाई जितहारको अर्थमा मात्रै हेर्न नहुने बताउदै अर्थ र पर्यटनसंग जोडर लैजानुपर्नेमा जोड दिए । खेलकुदका माध्यमबाट देशको अर्थतन्त्र र खेल पर्यटनमा टेवा पु्ग्ने विश्वास ब्यक्त गरे । उनले खेल संघहरुले स्थानीय, प्रदेश र परिषद अन्र्तगत दर्ता भएर सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले खेलकुदले शारिरिक रुपमा मात्रै नभई नेतृत्व क्षमता समेत विकास गर्ने भए ।

 

तेक्वान्दो संघका केन्द्रीय सदस्य मदन केसीले पछिल्लो समय तेक्वान्दो संघले सबैलाई समेटेर अगाडी बढन नसकेको गुनासो आएको बताउद्ै सबै एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए । उनले विगतमा राष्टिय र अन्तराष्टि प्रतियोगितामा पदक विजेता खेलाडी कास्कीका हुने गरेको भएपनि पछिल्लो समय त्यो अवस्था नदेखिएको बताउदै आफनो गरिमा बचाउन नसकेको बताए । प्रतियोगितामा पदक जित्ने खेलाडी कास्कीका हुन्थे ।राम्रा खेलाडी उत्पादन हुन नसक्ने अवस्था सृजना भएको छ ।सबै एकजुट भएर काम गर्नुपर्नेछ ।खेलाडी उत्पादन गर्ने कार्यमा संघ लाग्नुपर्छ ।सबैलाई समेटन सकेको छैन कि ?भन्ने देखिएको छ उनले भने ।

कास्की जिल्ल खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बाँनियाले खेलकुद देशको प्रतिष्ठासंग जोडिएको बताउदै तोक्वान्दो खेलले देशलाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको बताए । उनले संघहरुले परिणामुखी बनाउदै अन्तराष्टिय रुपमा देशनलाई चिनाउनुपर्नेमा जोड दिए । ओलम्पियन नारायण गुरुङले तेक्वान्दो संघ ब्यवस्थित रुपमा सञ्चालन भैरहेको बताउदै खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने सुझाव दिए ।तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगनबहादुर गुरुङले संस्थालाई ब्यवस्थित बनाउने बैधानिक व्यवस्था अनुसार साधारण सभा नियमित प्र्रक्रिया भएको बताए । उनले संस्थालाई जीवन्त राख्नुपर्ने बताउदै तेक्वान्दो संघका संस्थागत गतिविधि ब्यवस्थित रहेको बताए । उनले संघले प्रतियोगिता, प्रशिक्षण लगायका कामलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

 

कार्यक्रममा संघका सल्लाहकार रत्नमान गुरुङ,संघका कास्की उपाध्यक्ष कुलचन्द्र शर्मा, प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी लगायतले तेक्वान्दो खेलका माध्यमबाट देश विदेशमा उत्कृष्ट प्रर्दशन गरेको बताए । संघका अध्यक्ष कुमार गुरुङकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपेन्द्र पहारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...