पोखरा, चैत १९ गते ।जापानमा नेपाली नाट्क मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानको ताबासीमा रहेको सबटेरेनियन थिएटरमा मञ्चन गरिने भएको हो । सन् २०२३ अप्रिल ८ र ९ गते साँझ नाटक मञ्चनका लागि तीन कलाकार जापान जाने भएका हुन् ।
इन्द्रेणी थिएटरका तीन कलाकार जापान जान लागेको आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।कलाकार केदारनाथ पौडेल, कपिल शर्मा र दीपेन्द्र पौडेल जाने इन्द्रेणी थिएटरका अध्यक्ष एवं जापान जाने टोलीका सदस्य केदारनाथ पौडेलले बताए । जापानमा प्रर्दशन गर्ने नाटकको संगीत शिवहरि अर्याल र अर्जुन गुरुगले गरेका हुन ।
नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रष्तिठानले सहयोग गरेको पौडेलले बताए । मानिसको जीवन यो प्रकृतिको सुन्दर उपहार मध्य एको हो तर मानिसले बाँच्न नजानेको भान हुन्छ । गर्ने, खाने मर्ने जाने यो जीवनको मुल ध्येयलाई भुलेर मानिस आर्जन र एक ठाँउमा ब्यस्त छन् । उनीहरु आफनै शरिरिका हरेक अंगसंग बेखवर छन् यसलाई नाटकमा चित्रण गरिएको छ । त्यस्तै मान्छे आफनै मुटुसंग बेखबर छन् । जो मानिस भ्रुणदेखि मृ्त्य स््ेयामा पुग््िन्जेल आफनै रफ्तारमा चलिरहेको हुन्छ । यो कलाले मानिसलाई सोच्न बाध्य बनाउने छ । कसरी प्रकृति चलिरहेको छ । यदि मानिस फुल भए के हु्््रन्थ्यो ? मानिस खोल भए के हु्न््थ्यो ? बादल भए के हु्न्थ्यो ? विउँ भए के हुन्थ्यो ? यस्ता अनेक प्रश्नहरु मानिसको दिमागमा उब्जिन्छन्
यो कला हेरेपछि जुन विल्कुल जीवन बाच्ने फरक तरिका हो । यसले मानव विकास क्रम र अन्त्यसम्मको संंघर्षगाथा बताइरहेको छ । यस्तै पेरीफेरीमा तयार छ नाटक इम्ब्रिओनिक निर्देशक पौडेलले पत्रकार सम्मेलनमा भने । नाटकलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ । गण्डकी प्रदेशको कला, साहित्य र संस्कृतिमा धनि गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले भने यहाँका साथिहरुले नाटक मञ्चन गर्न जाने कुरा महत्वपूर्ण ठानेर सहयोग गरेका छौ ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने भएकाले नाटक मञ्चनमा आवश्यक सामग्री सहयोग गरेका छौ सदस्यसचिव श्रेष्ठले भने, कला, साहित्य र संगीतको विदेशमा प्रचार गर्न महत्वपूर्ण भुमिका खेल्ने बताए । कलासाहित्य संस्कृतिमा उर्वर क्षेत्र हो भन्ने स्थापित गर्ने अवसर नाटक मञ्चनले प्राप्त हुने बताए ।
्र्र्रूरुै