पोखरा, चैत २१ गते । नेकपा एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आयआर्जनसंग जोडिनुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमालेको ग्रास रुट अभियान अन्र्तगत अखिल नेपाल महिला संघ पोखरा महानगरपालिका वडा नम्वर १९ ले मंगलबार आयोजना गरेको उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै समाजमा स्थापित हुन आर्थिक रुपमा सक्षम र बलियो हुर्नका लागि आयआर्जनसंग जोडिनुपर्ने बताउनुभयो ।
उहाँले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले उपमेयरसंग महिला कार्यक्रम ल्याएको बताउदै उक्त कार्यक्रम मार्फत उद्यमी बन्न आग्रह गर्नुभयो । उहाँले आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्थापित हुन आर्थिकले भुमिका खेल्ने भएकाले रोजगार बन्नुपर्ने खाँचो औल्याउनुभयो । उहाँले नेपाली प्रगतिशिल महिलाहरुको साँझा संस्थाको रुपमा अनेमसंघ रहेको बताउदै यसमा सहभागी हुन अनुरोध गर्नुभयो । नेपाली महिला आन्दोलनको अगुवा संगठन भएकाले महिलाहरुलाई संगठित गदै अन्याय र अत्याचारका विरुद्धमा आवाज बुलन्द्ध पार्नुपर्ने खाँचो औल्याउनुभयो ।
उहाँले अनेमसंघको गठन पोखरा १९ बाटै भएको भन्दै यहाँका महिलाहरु जागरुक रहेको बताउनुभयो । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले ग्रास रुट अभियानले एमालेलाई बलियो बनाउदै पहिलो शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । अनेमसंघ पोखरा १९ का अध्यक्ष हेमा केसीको अध्यतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुनिता बास्तोलाले गरेको एमाले १९ का सचिव विकास गौतमले जानकारी दिनुभयो । उद्घोषण कलाको तालिमको प्रशिक्षकको रुपमा पत्रकार जमुना वर्षा शर्मा रहनुभएको थियो ।