पाेखरा,चैत २१ गते ।नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा आजबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण प्रायोजनामा भएको प्रतियोगिताको संघिय साँसद सन्तोष चालिसेले एक कार्यक्रमविच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै साँसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरुको पारा खेललाई प्रार्थमिकतामा राखेर आफुले आवाज उठाउने बताए ।
दुई दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाल ९क्ऋक्ष्ल्ल्०, त्रिभुवन आर्मी क्लब ९त्ब्ऋ०, बुद्धिसरा इन एक्सन ९द्यक्ष्ल्० र जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लब ९व्ध्क्ऋ० गरि ५ टिम रहेका छन् । यस्तै महिला तर्फ आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ९ल्क्ऋक्ष्क्ब्०, बुद्धिसरा इन एक्सन ९द्यक्ष्ल्०, ओमेन ह्विलचियर बास्केटबल एशोसियसन ९ध्ध्द्यब्० र ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल ९ध्क्ब्ल्० गरि ४ टिम रहेका छन् ।
आज भएको खेलमा पुरुष तर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई २६ – २१ अंकको अन्तरले पराजित ग¥यो । यस्तै पुरुष तर्फको अर्को खेलमा आयोकज नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६ – १३ अंकले पराजित ग¥यो ।
अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाईनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७ – १२ ले पराजित ग¥यो ।
महिला तर्फको खेलमा आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसन ओमेन ह्विलचियर बास्केटबल एशोसियसन संग १० – १६ ले पराजित भयो । यस्तै अर्को खेलमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६ – २ अंकले पराजित ग¥यो ।
को सहभागिता रहेको छ । पुरुष तर्फको ५ टिमलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको छ । उपाधीका लागि चार टिमविच सेमिफाईनल र फाईनल खेल खेलाईनेछ । यस्तै महिला तर्फ राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमविच उपाधीका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्ति बहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
न्यौपानेको अध्यक्षतामा बेसबल तथा सफ्टबल तदर्थ समिति गठनराष्ट्रिय खेलकुद परिषद्ले दीपक न्यौपानेको अध्यक्षतमा परिषद्मा दर्ता रहेको नेपाल बेसबल तथा सफ्टबल संघको १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
संघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्वन्धी मापदण्ड पुरा गरि ३ (तीन) महिना भित्र विधान मस्यौदा तयार गरि परिषद्को स्विकृतीमा साधारण सभा तथा निर्वाचन गर्नु पर्ने छ ।
तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा प्रदीप कुमार खत्री, चार उपाध्यक्षमा बिपिन बज्राचार्य, रमिता अधिकारी, राम कुमार खड्का र नारायण घर्ती रहेका छन् । यस्तै महासचिवमा प्रदीप शाह र कोषाध्यक्षमा उपेन्द्र विक्रम लामा रहेका छन् ।
सदस्यहरुमा संगम अर्याल, दामोदर फुयाल, सुरेन्द्र थपलिया, शिव कुमार खड्का, तिलक ढुंगाना, रोशन थापा, सृजना पौडेल खत्री, निरोज श्रेष्ठ, हरी धमला र दिपेन्द्र कार्की रहेका छन् ।