पाेखरा, चैत २४ गते ।नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटीको बिस्तारित बैठक सम्पन्न बिहीबार सम्पन्न भएको छ ।
बैठकले प्रथम महानगर अधिबेशन आयोजनाका लागि ईश्वर अधिकारीको सयोजकत्वमा ११ सदस्यीय अधिबेशन आयोजक कमिटी गठन गरेको छ ।
त्यस्तै सहसयोजकमा लक्की पुन, सचिबमा चन्द्रप्रकाश ढुंगाना,आर्थिक बिभाग प्रमुखामा रबिन अधिकारी चयन भएका छन ।
सदस्यहरुमा कपिलबाबु भण्डारी, हरि ढकाल, बेल प्रसाद गुरुङ ,दीपेन्द्र शर्मा, सन्तोष बराल, प्रबेश के सी, जे .पि आर्चाय चयन भएका छन ।।