स्काउटकाे आधारभुत तालिम सम्पन्न

नेपाल स्काउट स्थानिय स्काउट कार्यालय पोखरा महानगरपालिका को आयोजनामा स्काउट आधारभुत तालिम (पि टि सि) तालिम सम्पन्न भएको छ।

पोखरा १८ मेथ्लाङमा सन्चालन भएको तालिममा पोखरा महानगरपालिका भित्रका ३२ वटा बिध्यालयका शिक्षक हरुको सहभागिता रहेको थियो। बैशाख ३ गते देखि शुरु भएको तालिम ६ दिन सम्म सन्चालन भएको थियाे।

 

 

तालिमको समापन गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। स्थानीय स्काउट समिती पोखरा महानगरपालिकाका सम्योजक  सुबिन तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय  समिती सदस्य शिव बहादुर भण्डारी, नेपाल स्काउट गण्डकी प्रदेश संयाेजक आशीर्वाद सुबेदी, प्रदेश सदस्य सागर पौडेल , प्याब्सन कास्कीका उपाध्यक्ष बिष्णु तिमिल्सिना, विभिन्न बिध्यालयका प्रधानाध्यापक, प्रदेश अधिकृत बिजय पौडेल लगायतको उपस्थिती रहेको थियो।

 

 

तालिमको कोर्ष लिडर सुचिता सैन्जु रहनुभएको थियो।कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले सामाजिक सेवाका क्षेत्रमा र बिपद्का विभिन्न घडीहरु मा स्काउटले महत्वपुर्ण काम गरेको बताउनुभयो। बिध्यालय तहसम्म स्काउट सन्चालन गर्नका लागि हरेक पालिकाहरुमा तालिमको अपरिहार्यता रहेको र अनुशाशित, स्वाबलम्बी,सच्चरित्रवान र सुयोग्य नागरिक निर्माणका लागि स्काउटको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...