पाेखरा, जेठ ४ गते ।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि दाेषि उम्कन नहुने बताउनु भएकाे छ ।
प्रेेस चाैतारी कास्कीले आज पाेखरामा आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले प्रहरीले गरिरहेकाे अनुसन्धानमा एमालेकाे समर्थन रहेकाे बताउदै दाेषि उम्कन नपाउने र निर्दाेष फस्न हुदैन भन्ने मान्यता रहेकाे बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले याे जघन्य अपराध र मानवताविरोधी कार्य भएकाे उल्लेख गर्दै याे देश प्रतिकाे घात भएकाे दावी गरे ।आफना नागरिकलाई अनागरिक बनाएर पठाउने मानवताविरोधी र संगठित अपराध हाे उहाँले भन्नुभयो, याे देश प्रतिकाे घात हाे ।कसैले उन्मुक्ति पाउन हुदैन ।
उहाँले अहिले देशकाे अर्थतन्त्र गम्भीर संकटमा रहेकाे बताउदै यसलाई बचाउनु गम्भीर चुनाैती रहेकाे बताउनुभयाे । उहाँले डेढ वर्षयता गठबन्धन सरकारका गतिविधिले गर्दा देश संकटमा परेकाे दाबी गर्नुभयाे ।
ज्ञवालीले गठबन्धनलाई सत्ता दाेहनकाे कारक बनाएका कारण देश संकटमा परेकाे आराेप लगाउनुभयाे ।उहाँले देशमा भ्रष्टाचार डरलाग्दो रुपमा देखा परेका कारण जनताकाे विश्वास टुटाउने अवस्थामा पुगेका कारण निराशा ल्याउने र समाज अराजक बन्ने अवस्था रहेकाे बताउनुभयाे ।
उहाँले देशमा अहिले बलियाे राष्ट्रिय शक्ति आवश्यक रहेकाे बताउदै देशका प्रमुख शक्तिहरुवीच सहमति र सहकार्य आवश्यक रहेकाे समेतबताए ।