सर्वसाधारणको लागि खुल्यो रत्नमन्दिरकाे बगैंचा

पोखरा, १५ जेठ/ पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । पटक पटक खुलाउने भनिएपनि अहिले गणतन्त्र दिवसको अवसर पारेर खुल्ला गरेको हो ।

शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा ६ लेकसाइडमा निमार्ण भएको ‘रत्नमन्दिर’ दरबार गणतन्त्र दिवसको असवसर पारेर सोमबारबाट खुल्ला गरेको हो । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबार सहित १ सय ७४ रोपनी जग्गा ट्रस्टका नाममा छ । पोखरा ६ लेकसाइडमा रत्नमन्दिर दरबार २८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

 

 

कहिले खुल्ने भन्ने बहुप्रतीक्षाको विषयको रहेको रत्न मन्दिर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती राईले सोमबार रत्नमन्दिर परिसर सर्वसाधारण प्रवेशका लागि उद्घाटन गर्दै खुल्ला गरे । उनले यसको संरक्षणमा स्थानीय सरकार समेत लाग्नु पर्ने बताए ।

 

 

शाहवंशीय राजाको इतिहाससँग गाँसिएको उक्त मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने पोखरेलीको माग थियो । तर दरबारको ऐतिहासिक सामग्रीको सुरक्षा, संवेदनशीलता तथा प्राविधिक कारण भित्री भाग भने सर्वसाधारणको निम्ति खुला भएको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...