‘सफलता सम्भव छ’को गृहविमोचन

पाेखरा, असार २३ गते ।बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा शनिबार विमोचन गरिएको छ । सो पुस्तक पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनमा गृहविमोचन गरिएको हो ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, वरिष्ठ साहित्कार तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहाकार ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्यकार सरस्वती प्रतीक्षाले एकसाथ बिमोचन गरे ।

 

कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले सफलताको शब्दमाथि चर्चा गरे । उनले मानिसको जीवनलाई सफलतापूर्वक बिताउन पुस्तक उपयोगी हुने बताए । अहिले विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु पुस्तक लेखन तर्फ लागेको बताउँदै डा.बुद्धि मल्ल पनि एक भएको उनको भनाई थियो ।

 

वरिष्ठ साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरु दिँदै पुस्तक सबैका लागि पठनीय भएको बताए । बिफलताहरु सफलताका सपनाहरु भएको उनको भनाइ थियो ।

 

पोखरेली यूवा सांस्कृतिक परिवारका सल्लाहाकार ईश्वरमणि अधिकारीले पुस्तकमाथि परिचर्चा एवं समीक्षा गर्दै पुस्तकमा पढेका, सुनेका भोगेका, नैतिक शिक्षा दिने ४१ वटा लेखहरु समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनको भनाइ थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...