विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

पोखरा,  साउन १५ गते  ।नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसर पारेर सोमवार पोखरा लगायत यस क्षेत्र अन्तर्गतका कार्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरणको मालेपाटन शाखा, प्रादेशिक कार्यालय पार्दी र १३२ के.भी. कुँडहरमा विभिन्न प्रजातिका ३०० विरुवाहरु रोपिएको थियो ।

 

प्राधिकरणले रुख काट्दैन उल्टो संरक्षण गर्छ भन्ने नाराका साथ हरेक वर्ष झै यस वर्ष पनि संस्थाको वार्षिकोत्सवको अवसरमा विरुवाहरु रोपण गरेको मालेपाटन शाखाका प्रमुख राजिव कुमार सिंहले बताउनुभयो ।

 

कार्यक्रममा प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदिश क्षेत्री, १३२÷११ केभीएका प्रमुख अनिल बन्जाडे, तनहुँका प्रमुख मेघराज जोशी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...