पोखरा, साउन १७ गते ।पोखरा महानगरपालिका वडा नम्वर २० मा सार्वजनिक सुुनवाई सम्पन्न भएको छ । वडाले आर्थिक वर्ष २०७९ मा वडाले सम्पादन गरेका कार्यहरुको बारेमा सार्वजनिक सुुनुुवाई गरेको हो । वडाभित्र सञ्चालन भएका योजना र कार्यालयबाट भए गरेका सेवा प्रवाह बारे जानकारी दिने र नागरिकका गुनासा सुुन्ने तथा समाधाका लागि पहल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष गंगाबहादुर क्षेत्रीले जानकारी दिनुुभयो ।
उहाँले विकास निर्माणका काम भैरहेको बताउदै वडाको विकासका लागि लागेको स्पष्ट पार्नुभयो । विकासका काम अगाडी बढाउन विवादहरु सृजना हुने गरेको बताउदै विवाद व्यवस्थापन गदै अगाडी बढेको बताउदै वडाबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाइने बताउनुभयो । कार्यक्रममा सेवाग्राहीले विकास निर्माण सुस्त भएको, सेवा प्रवाहमा ढिलासुस्ती भएको गुुनासो गरेका थिए । उनीहरुले जनप्रतिनिधिले राजनीतिक पूवाग्रह नराखी नागरिकलाई सहज रुपमा सेवा दिनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा वडा सचिव हरिकृष्ण आचार्यले वडाले वर्षभरिमा गरेका योजना, कार्यक्रम तथा वडा कार्यालयबाट सम्पादित प्रशासनिक कार्यहरुको वार्षिक प्रगती विवरण सार्वजनीक गर्नुुभएको थियो ।
वडाले आर्थिक वर्ष २०७९ ८० मा कुुल बजेट १ करोड ९५ लाख रुपैयाँको बजेट मध्य १५ लाख ५१ हजार कार्यालय सञ्चालन तथा प्रशासनीक खर्च गरेको छ भने बाँकी १ करोड ८० लाख विकास निर्माण तर्फ वडास्तरीय योजना तथा कार्यक्रहरुमा खर्च गरेको वडा सचिव आचार्यले बताउनुुभयो ।कार्यक्रममा वडा सदस्य मिना पौडेलले स्वागत गर्नुुभएको थियो भने कार्यक्रम सञ्चालन पत्रकार अमृत सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सजीकरण बार्दली मिडिया प्रालिको पब्लिक फोकेले गरेको थियो ।