पाेखरा, साउन २२ गते ।नेपाल सरकारले अनुदानमा उपलब्ध गराएकाे मल बढि मुल्यमा बिक्रीवितरण गरेका दुई पसललाई कारबाही भएकाे छ । पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्री पसल र पाेखराकाे शिवालयचाेकमा रहेकाे उपभोक्ता सहकारी संघलाई २०/२० हजार जरिवाना गरिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेकाे बैठकले दुबै संस्थालाई २०/२० हजारका दरले जरीवाना र अमरसिंहकाे कृषि सुलभ पसलमा रहेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास जफत गरि साल्ट ट्रेडिन्ग कर्पोरेसन लिमिटेडमा फिर्ता गरिएको समेत गरिएकाे छ ।
यस्तै आफनाे कार्यक्षेत्र बाहिर ठुलो परिमाणमा मल बिक्रि गर्ने उपभोक्ता सहकारी संघ लिमिटेड पोखरा ८ को अनुदानको मल बिक्रेता अनुमति खारेज गरें निर्णय भएकाे पाेखरा महानगर कृषि महाशाखा मनहर कडरियाले जानकारी दिए ।
पोखरा महानगरपालिका मल बितरण ब्यबस्थापन समितिका संयोजक पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा आइतबार अनुगमन गर्दा अनुदानकाे मल ताेकेकाे मूल्य १५ रुपैयाँ बढिमा बिक्री गरेकाे फेला परेकाे थियाे ।
नलिइ बिक्रि गरेको, तोके भन्दा बढी मूल्यमा बिक्रि गरेको र आफ्नो कार्यक्षेत्र भन्दा बाहिर बिक्रि गरेको आधारमा
अनुदानको मल वितरण ब्यबस्थापन निर्देशिका, २०७७ को दफा २१ अनुगमन तथा निरीक्षण को उपदफा ३ अनुसार जिल्ला प्रशासन कार्यालयले मलको वितरण ब्यबस्थापन र मलको मुल्यको अनुगमन तथा निरीक्षण गर्ने र दफा २३ बमोजिम निर्देशिक बिपरित मलको बिक्रि वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने भनेकोले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार दुबै संस्थालाई जरिवान सहित कारबाही गरिएकाे कडरियाले बताए ।