विश्व आदिवासी दिवस र नेपालको आदिवासी आन्दोलन

हुमबहादुर गुरुङ,अध्यक्ष, तमु धिं नेपाल/ विशेष दिनलाई दिवस भनिन्छ। विशेष भएकै कारणले नै दिवस मनाइने हो। जस्ले दिनले खुशी, उमंग, उर्जा, सम्भावना बोकेर आउने गरेको हुन्छ । हो त्यस्तै विश्वका करिब पचास करोड आदिवासीहरुका लागि अधिकार लेखनका लागि कार्य प्रारम्भ भएको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइदै आएका हुन। विगत करिब तीन दशकदेखि ९ अगष्टका दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउदै आएका हुन।

विगतदेखि लामो विभेदमा पारिदै आएका आदिवासीहरुको अधिकार सम्बन्धी मामिलामा संयुक्त राष्ट्रसंघद्धारा गठित कार्यदलले कार्यक्रम प्रारम्भ गरेको दिनलाई विश्वका आदिवासीहरुले दिवसको रुपमा भव्यताका साथ विविध कार्यक्रम गरी मनाउदै आएका छन्।

 

 

अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासीका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई काम गर्न बाध्य बनाए अनुसार आदिवासी अधिकार सम्बन्धी मामिलामा संयुक्त राष्ट्रसंघद्धारा गठित कार्यदलले कार्य प्रारम्भ गरेको सन १९९३ को ९ अगष्टका दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउदै आएका हुन।

 

 

आदिवासीका समस्या समाधान, हक हितको संरक्षणका लागि न्युनतम मापदण्ड तयार पार्ने र राष्ट्रिय विकासको समिक्षा गर्ने उद्धेश्य अनुसार सन १९८४ मा संयुक्त राष्ट्रसंघ अन्र्तगत गठित आदिवासी कार्यदलको सिफारिसमा विश्व आदिवासी दिवस, वर्ष र दशक घोषणा गरिएको थियो।

 

 

सन १९९३ जुन महिनाको १४ देखि २५ सम्म अष्ट्रियाको भियनामा सम्पन्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार सम्बन्धी विश्व सम्मेलनले ९ अगष्टलाई विश्व आदिवासी दिवस, सन १९९३ लाई विश्व आदिवासी वर्ष र सन १९९५–२००४ लाई विश्व आदिवासी दशकको घोषणा गर्यो। पहिलो काम, आदिवासी जनजातिका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको मस्यौदा घोषणापत्र १९९४ तयार ग¥यो । जसमा सामाजिक,साँस्कृतिक, आर्थिक, धार्मिक, भाषिक, राजनितिक लगायतका अधिकारसहित आत्मनिर्णयको अधिकार समेत आदिवासी जनजातिलाई हुनेछ भन्ने उल्लेख गरिएको छ ।

 

 

तथापि राष्ट्रसंघमा मानवअधिकार सम्बन्धी मस्यौदामा अल्पमत बहुमतबाट नभई सर्वसम्मतिबाट पारित हुनुपर्ने भएकाले दुर्भाग्यको कुरा यस घोषणापत्र पारित हुन सकेन, घोषणापत्र मै सिमित रह्यो । मस्यौदामा उल्लेख भएको आत्मनिर्णयको अधिकार, आदिवासी जनजातिको नियन्त्रणको अधिकारमा अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया, भारत जस्ता शक्तिशाली मुलुकहरुले असहमति मात्रै होइन आपत्ति जनाए ।

 

 

अनुकुल उपयोग प्रवृतिको मौलायो। केही थानले अवसर त पाए होलान तर आन्दोलनको मर्म स्खलित बन्यो। संविधानतः प्राप्त अधिकार पनि कार्यन्वयन हुन सकेन, बरु क्रमिक रुपले खोसिने षडयन्त्र जारी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको शाब्दिक अर्थले पनि न्याय पाउन सकेको छैन। संघीयताको मर्ममाथि प्रहार छ, अझै केन्द्रिकृत राज्य सत्ता यथावत छ। वास्तविक लोकतन्त्रको दिनहुँ उपहास भइरहेको छ भने गणतन्त्रमाथि प्रतिगामीहरुले धावा बोलिरहेकाछन्।

 

 

वर्षेनी नयाँ नयाँ नाराका साथ मनाईने विश्व आदिवासी दिवसले यसवर्ष नेपालको आदिवासी आन्दोलनलाई पुर्नसंगठित गर्न मार्गनिर्देश गर्नुपर्दछ, प्राप्त अधिकारलाई कार्यान्वयन गर्न गराउन दवाव दिदै थप अधिकार प्राप्तिका लागि संघर्षरत रहन विश्व आदिवासी दिवसले नेपालका आदिवासीहरुलाई प्रेरित गरोस्। सही विचार, सिद्धान्त र नेतृत्वबाटै आदिवासी आन्दोलन अघि बढ्नुपर्दछ।

जय विश्व आदिवासी दिवस ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...